भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
यदि यो विधेयक कानुन बन्यो भने पिआरको आशमा रहेकाहरुलाई ठुलो झट्का लाग्नेछ । विधेयक पास भए ग्रीन कार्ड हासिल गर्न धेरै जटिल हुने बताइएको छ ।
विधेयकमा कयौँ किसिमका डिभी भिसा लोट्रीलाई पनि बन्द गर्ने प्रस्ताव समेत उल्लेख गरिएको अन्तराष्ट्रियल संचार माध्यमहरुले जनाएका छन् । विधेयकमा हरेक साल अमेरिका आउने आप्रवासीको संख्या १० लाखबाट घटाएर पाँच लाख गर्ने प्रस्ताव गरिएको बताइएको छ।
रिपब्लिकन सांसद टोम कोटन र डेमोक्र्याटिक सांसद डेभिड पेर्डुले यस विधेयकलाई सिनेटमा पेश गरेका हुन् ।
यी सांसदहरुले हरेक साल जारी गरिने १० लाख ग्रीन कार्डको संख्या आधा गर्ने प्रस्ताव विधेयकमा गरेका छन् । सन् २०१५ मा १० लाख ५१ हजार ३१ जना आप्रवासी अमेरिका पुगेका थिए ।
सिनेटर पेर्डुले भनेका छन्, ‘हामी आफ्नो अध्यागमन प्रणालीका कम्जोरीलाई हटाउनका लागि कदम उठाइरहेका छौँ । अध्यागमन प्रणालीको ऐतिहासिक सामान्यस्तरसम्मको यात्राले अमेरिकीलाई जागिरको अवसर बढ्नेछ भने तलब पनि बढ्नेछ ।’
यदि रेज एक्ट पारित भयो भने हरेक साल अमेरिका पुग्ने आप्रवासीको संख्या घटेर पाँच लाखमा झर्नेछ । यो विधेयक पारित भएको पहिलो साल आप्रवासको संख्या घटेर छ लाख ३७ हजार नौ सय ६० हुनेछ । र, अबको १० वर्षमा यो संख्या पाँच लाख ३९ हजार नौ सय ५८ मा सीमित हुनेछ ।
रेज एक्टमा अमेरिकी नागरिक र कानूनीरुपमा स्थायी बासिन्दाका जीवनसाथी (पति वा पत्नी) र नाबालिग बच्चालाई प्राथमिकता कायमै हुनेछ । अर्कातिर खास श्रेणी र परिवारका बयस्क सदस्यको प्राथमिकता अब समाप्त हुनेछ ।
विभिन्न लोट्री भिसाबाट ठगी हुने भन्दै लोट्री बन्द गर्ने प्रस्ताव विधेयकमा उल्लेख गरिएको छ । डिभी भिसा प्रणालीले आर्थिक या मानवीय हित पनि पुरा हुन नसकेको बताइएको छ । रेज एक्टमार्फत यस लोट्रीलाई मनोमानी तरिबाट विनियोजन गर्ने कामलाई रोकेर ५० हजार भिसा वितरणलाई बन्द गर्ने भनिएको छ ।
अहिलेको अवस्थामा नेपालीसहित भारतीयलाई ग्रीन कार्ड प्राप्तिका लागि १० देखि ३५ वर्ष लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता छ । विधेयकले कानुनी रुप पाएपछि यस अवधिमा अझ वृद्धि हुनेछ । यसले रोजगार श्रेणीमा अधिरका साथ ग्रीन कार्ड या अमेरिकामा स्थायी बसोबासको आशा लिएर लामो समयदेखि प्रतिक्षामा रहेकाले अझै कुर्नुपर्ने हुन्छ ।
ग्रीन कार्ड जारी भएपछि अमेरिकामा कानुनी रूपमा स्थायी बसोबासको अनुमति मिल्छ । तर पनि यस विधेयकमा एच–१ बी भिसाको कुनै जिकिर गरिएको छैन।
‘रेज एक्ट’ लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रवासीको संख्या घटाउने नीतिको समर्थनमा ल्याइएको बताइएको छ । एजेन्सी
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
Subarna Hada OI MURKHA PATRIKA ANI ANDHO PATRAKAR, INDIAN LAI EDV MA PARTICIPATE GARNE ADHIKARNAI CHHAINA KINA DHAKKA LAG CHHA. SALA KEHI THAHANAI NABHAI FOKATMA LEKHCHHA.
ReplyDelete