• Breaking News

    Thursday, February 9, 2017

    डिभी लोट्री बन्द गर्न अमेरिकी संसदमा विधेयक पेश, नेपाली सहित भारतियलाई झट्का

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    काठमाडौं, २७ माघ । अमेरिकामा प्रवासीहरुको संख्या घटाएर आधा गर्नका लागि सरकारले सिनेटमा विधेयक दर्ता गरेको छ । डोनाल्ड ट्रम्प सरकारले ‘रेज एक्ट’ नामक विधेयक संसदमा पेश गरेको हो । उक्त विधेयकमा वैद्य आप्रवासीको संख्या आधामा झार्ने डिभी समेत बन्द गर्ने प्रस्ताव उल्लेख छ । उक्त विधेयक पारित भयो भने अमेरिकामा स्थायी बसोबास गर्न चहाने नेपालीसहित ठुलो संख्याका भारतीयहरुलाई पनि झट्का लाग्नेछ ।

    यदि यो विधेयक कानुन बन्यो भने पिआरको आशमा रहेकाहरुलाई ठुलो झट्का लाग्नेछ । विधेयक पास भए ग्रीन कार्ड हासिल गर्न धेरै जटिल हुने बताइएको छ ।

    विधेयकमा कयौँ किसिमका डिभी भिसा लोट्रीलाई पनि बन्द गर्ने प्रस्ताव समेत उल्लेख गरिएको अन्तराष्ट्रियल संचार माध्यमहरुले जनाएका छन् । विधेयकमा हरेक साल अमेरिका आउने आप्रवासीको संख्या १० लाखबाट घटाएर पाँच लाख गर्ने प्रस्ताव गरिएको बताइएको छ।

    रिपब्लिकन सांसद टोम कोटन र डेमोक्र्याटिक सांसद डेभिड पेर्डुले यस विधेयकलाई सिनेटमा पेश गरेका हुन् ।

    यी सांसदहरुले हरेक साल जारी गरिने १० लाख ग्रीन कार्डको संख्या आधा गर्ने प्रस्ताव विधेयकमा गरेका छन् । सन् २०१५ मा १० लाख ५१ हजार ३१ जना आप्रवासी अमेरिका पुगेका थिए ।

    सिनेटर पेर्डुले भनेका छन्, ‘हामी आफ्नो अध्यागमन प्रणालीका कम्जोरीलाई हटाउनका लागि कदम उठाइरहेका छौँ । अध्यागमन प्रणालीको ऐतिहासिक सामान्यस्तरसम्मको यात्राले अमेरिकीलाई जागिरको अवसर बढ्नेछ भने तलब पनि बढ्नेछ ।’

    यदि रेज एक्ट पारित भयो भने हरेक साल अमेरिका पुग्ने आप्रवासीको संख्या घटेर पाँच लाखमा झर्नेछ । यो विधेयक पारित भएको पहिलो साल आप्रवासको संख्या घटेर छ लाख ३७ हजार नौ सय ६० हुनेछ । र, अबको १० वर्षमा यो संख्या पाँच लाख ३९ हजार नौ सय ५८ मा सीमित हुनेछ ।

    रेज एक्टमा अमेरिकी नागरिक र कानूनीरुपमा स्थायी बासिन्दाका जीवनसाथी (पति वा पत्नी) र नाबालिग बच्चालाई प्राथमिकता कायमै हुनेछ । अर्कातिर खास श्रेणी र परिवारका बयस्क सदस्यको प्राथमिकता अब समाप्त हुनेछ ।

    विभिन्न लोट्री भिसाबाट ठगी हुने भन्दै लोट्री बन्द गर्ने प्रस्ताव विधेयकमा उल्लेख गरिएको छ । डिभी भिसा प्रणालीले आर्थिक या मानवीय हित पनि पुरा हुन नसकेको बताइएको छ । रेज एक्टमार्फत यस लोट्रीलाई मनोमानी तरिबाट विनियोजन गर्ने कामलाई रोकेर ५० हजार भिसा वितरणलाई बन्द गर्ने भनिएको छ ।

    अहिलेको अवस्थामा नेपालीसहित भारतीयलाई ग्रीन कार्ड प्राप्तिका लागि १० देखि ३५ वर्ष लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता छ । विधेयकले कानुनी रुप पाएपछि यस अवधिमा अझ वृद्धि हुनेछ । यसले रोजगार श्रेणीमा अधिरका साथ ग्रीन कार्ड या अमेरिकामा स्थायी बसोबासको आशा लिएर लामो समयदेखि प्रतिक्षामा रहेकाले अझै कुर्नुपर्ने हुन्छ ।

    ग्रीन कार्ड जारी भएपछि अमेरिकामा कानुनी रूपमा स्थायी बसोबासको अनुमति मिल्छ । तर पनि यस विधेयकमा एच–१ बी भिसाको कुनै जिकिर गरिएको छैन।

    ‘रेज एक्ट’ लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रवासीको संख्या घटाउने नीतिको समर्थनमा ल्याइएको बताइएको छ । एजेन्सी

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    1 comment:

    1. Subarna Hada OI MURKHA PATRIKA ANI ANDHO PATRAKAR, INDIAN LAI EDV MA PARTICIPATE GARNE ADHIKARNAI CHHAINA KINA DHAKKA LAG CHHA. SALA KEHI THAHANAI NABHAI FOKATMA LEKHCHHA.

      ReplyDelete

    Teriya Magar Video

    Teriya Magar Video
    Watch Video

    Click Here TO Youtube Video

    Click Here TO Youtube Video
    Watch Video

    Click Here to New Video

    Click Here to New Video
    Watch Video

    Jyoti magar Video

    Watch Video

    Click to Watch video

    Fashion

    Beauty

    Culture